काठमाडौँ। कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोनका कारण स्थगित भएको लोकसेवा आयोगका परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुनेभएका छन्।
लोकसेवा आयोगले परीक्षाको समय तालिका सार्वजनिक गर्दै स्थगित भएको परीक्षा फागुन ६ गतेदेखि सञ्चालन हुने जनाएको छ ।
आयोग अनुसार उपसचिव वा सो सरह (अप्राविधिक–प्राविधि), शाखा अधिकृत वा सो सरह (प्राविधिक) र स्वास्थ्य सेवातर्फ नवौं, आठौं र सातौं तहको विभिन्न पदका लिखित परीक्षाहरु फागुन ६ गतेदेखि सञ्चालन हुने छ ।
परीक्षा सरकारले तोकेको स्वास्थ्य मापदण्ड एवं आयोगबाट स्वीकृत सङ्क्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन वा व्यवस्थापन) मापदण्ड, २०७७ (संशोधनसहित) पालना गरी सञ्चालन हुने आयोगले जनाएको छ।