• बैशाख १९ २०८२, शुक्रबार

बर्मेलीटोलमा आगलागी निभाउने प्रयास असफल !

माघ २० २०७८, बिहीबार

काठमाडौँ । पूर्वी नेपालको महत्वपूर्ण व्यापारिक नाका काँकडभिट्टामा आगलागी भएको छ । प्रदेश नम्बर १ झापा जिल्लाको मेचीनगर नगरपालिकामा रहेको काँकडभिट्टाको बर्मेली टोलको एक घरमा बिहान करिब ११ बजेदखि आगलागी भएको हो ।

आगलागीबाट एउटा ठुलो दुईतले घर नष्ट भइसकेको छ । आगलागी भएपछि नगरपालिकाको दमकल आएर आगो निभाउने प्रयास गरे पनिसफल हुन नसकेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

आगो के कारणले लाग्यो भन्ने विस्तृत विवरण आउन बाँकी छ ।