काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको थियो ।
प्रचण्डको सचिवालयले बताए अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको गठबन्धन कुनै हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरिएको हो ।
स्थानीय तह निर्वाचन, एमसिसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको थियो ।