• बैशाख १८ २०८२, बिहीबार

जनमत पार्टीद्वारा मसाल जुलुस प्रदर्शन

माघ १९ २०७८, बुधबार

काठमाडौं । जनमत पार्टीले बुधबार मसाल जुलुस प्रदर्शन गरेको छ ।

मुख्य राजमार्गमा चक्काजाम गर्ने कार्यक्रमको पूर्वसन्ध्यामा जनमत पार्टीका कार्यकर्ताहरूले विभिन्न जिल्लामा मसाल जुलुस निकालेका हुन् । किसान आन्दोलन गर्दै आएकोउनीहरुले किसानले मलखाद पाउनुपर्नेलगायत ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएका छन् ।

किसानका लागि पेन्सन, बालीनालीको स्वतः बिमा, कृषि मिटरको बिजुली निशुल्क, मलखाद र बीउबिजनको व्यवस्था, बाली क्षतिपूर्तिवापत् राहत, उत्पादनको उचित समर्थन मूल्य निर्धारण, उखु किसानको भुक्तानी, मुद्दा फिर्ता, किसानमाथिको दमन बन्द गर्नुपर्ने र उच्चस्तरीय समिति गठन गर्नुपर्ने उनीहरूको माग छ ।

जनमत पार्टीले बिहीबार हाई–वेमा टेन्ट लगाएर बस्ने र खाना बनाउने घोषणा गरिसकेको छ । जनमतले एक महिनाभन्दा बढी समयदेखि किसान आन्दोलन गर्दै आएको छ ।