काठमाडौं । प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) भएको बताउँदै ढाँट्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका ८ डोलेश्वरका सोनाम तामाङलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
आज बुधवार दिउँसो भद्रकाली चेक प्वाइन्टमा जाँच गर्ने क्रममा तामाङले आफू असई भएको बताएपछि प्रहरीलाई शङ्का लागेको थियो। त्यस लगत्तै खोजी गर्दा उनको साथबाट असईको ड्रेस र दर्ज्यानीसमेत लगाएको आठ वटा पासपोर्ट साइजको फोटो फेला परेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ।