• बैशाख १८ २०८२, बिहीबार

बेलायती र युक्रेनी राष्ट्रपतिबिच रुसका बारेमा के कुरा भयो ?

माघ १९ २०७८, बुधबार

अमेरिका र रुसबिच कारण विवाद चर्किएसँगै युक्रेन विश्व राजनीतिको चर्चाको विषय बनको छ । अमेरिकाले रुस र युक्रेनको सिमानामा नेटोको सेना तैनाथ गरेसँगै रुस अमेरिकासित रुष्ट भएको छ ।

रुसले युक्रेनमा नेटोको सेना तैनाथ गरेसँगै रुसले पनि युक्रोनको सिमा नजिक आफ्ना १ लाख फौज तैनाथ गरेको छ । यसकै कारण ती २ देशबिच युद्ध हुन्छ कि भन्ने आशंकाले विश्वमा हलचल मच्चिएको छ ।

यसैबिच युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनबीच मंगलबार भेटवार्ता भएको समाचार छ ।

उनीहरुका बिचमा मंगलबार युक्रेनको राजधानी किभमा भेटवार्ता भएको अन्तराष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । उनीहरुका बिचमा पछिल्लो समयमा युक्रेनको सीमा क्षेत्रमा रुसले तैनाथ गरेको सैन्य समूहका विषयमा कुराकानी भएको थियो ।

साथै युक्रेनको पछिल्लो सुरक्षा अवस्थाका बारेमा पनि उनीहरु बिच कुराकानी भएको युक्रेनी राष्ट्रपति जेलिन्स्किीको सचिवालयले जानकारी दिएको छ ।

सो भेटवार्तापछि उनीहरुद्धारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा रुसले युक्रेनमाथि आक्रमण गर्ने सूचना प्राप्त भएकाले यदि त्यसो भयो भने रुसका लागि त्यो कार्य महंगो पर्न जाने उल्लेख गरिएको छ ।

रुसले युक्रेनी सीमा क्षेत्रमा आक्रमण गर्ने सूचना प्राप्त भएको कुरा अमेरिकाले बताउँदै आएको छ । यसैकारणले बेलायत र अमेरिकाले आफ्ना दूताबासका कर्मचारीलाई फिर्ता बोलाएका छन् तर सो कार्यको रुसले भने खण्डन गर्दै आएको छ । रुसले युक्रेनमा आक्रमण गर्ने कुनै योजना नरहेको बताएको छ ।