• मंसिर २० २०८१, बिहीबार

बनाउनु छ अब नहार्ने योजना

माघ १९ २०७८, बुधबार

कविता ।

संकल्पबद्ध लिस्नोमा चढ्न खोज्नु यथार्थ हो
मान्छेको वीरता लेख्ने मेरै लेखनी हो कि तो ।
कतै पक्की कतै कच्ची मानवीय धरातल
ढलान गर्छु मान्छेले न हार्ने योजना गृह ।

हिजोको लेखनीबाट म लेख्छु आजको कुरो
डोकोबाट चुहेझैँ छ मान्छेका दर्दको पिलो ।
भोकको बडबाग्निमा स्वाहा छ मानवी थर
असत्यमाथि बजेको बञ्चरो हुँ सबैतिर ।

कहाँको मानवी आस्था कहाँ दानब झैं बनी
प्रकृतिलाई खर्लप्प खाने ए दुष्ट बैगुनी ।
त्यो गर्भस्थलका क्रिडा अनुसन्धानका कुरा
बिर्से छौ क्या र खर्लप्पै खान खोज्यौ बसुन्धरा ।

चिचिला बुद्धिले मेरो बुझ्न खोज्यो यसैगरी
मासिदा प्रकृति तिम्रो ढुकुटीमा पस्यो कति ।
कोपर्दै भिर पाखाका नाक कान सबैथरि
निर्बुज्ज भइछन् आमा कान्ति खोस्यो यसैगरी ।

आमाका धबला गेडी थिए रे त्यहिँ पल्तिर
मलया गेडीका डल्ला थिए भन्छिन् यतैतिर ।
बिना कै पनि भेटिन्न भेटिन्न मृग सावक
जहाँ तहाँ उँभो मुन्टो पार्छ डोजरले शिर ।

तिम्रा संकल्पको व्याख्या नसुनेको कहाँ छ र
बाजेले धूप हालेको धूप श्रृखण्ड मिल्छ र ।
तिम्रो आदर्शका कोले नहल्लाउ यता अब
मान्छेले खोज्छ मान्छेको नहार्ने योजना अब ।