• मंसिर ९ २०८१, आईतवार

स्थानीय तहको चुनाव जेठ ४ मा हुने, निर्धारित मितिमै गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

माघ १९ २०७८, बुधबार

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी ४ जेठमा एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको छ ।

आयोगका प्रमुख आयुक्तसहित पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिस गरेका हुन् । यसअघि आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको थियो ।

आयोगले ०७४ मा सम्पन्न तीनै चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पदावधि ५ जेठमा समाप्त हुने भन्दै त्यसअगावै निर्वाचन गर्नु सरकार र आयोगको दायित्व भएकाले एकै चरणमा सम्पन्न गर्ने मिति सिफारिस गरेको जनाएको छ ।

प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आफूले गरेको प्रस्तावमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।