काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच स्थानीय तह निर्वाचनबारे छलफल भएको छ। स्थानीय तहको चुनाव जेठ ४ गते एकैचरणमा गर्ने विषयमा सरकार र निर्वाचन आयोगबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा मंगलबार छलफल भएको हो।
स्थानीय तहका पदाधिकारीको पदावधि आगामी जेठ ५ गते सकिँदै छ।