• मंसिर १३ २०८१, बिहीबार

भारतले घटायो नेपाललाई दिने वार्षिक अनुदान रकम

माघ १८ २०७८, मंगलवार

काठमाडौं । भारतले नेपाललाई उपलब्ध गराउने बार्षिक अनुदान रकम घटाएको छ। भारतीय अर्थमन्त्री निर्मला सीतारमणले मंगलबार पेश गरेको भारतको युनियन सरकारको २०२२/२०२३ को बजेटमा नेपाललाई यस वर्ष भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको छ।

सन् २०२१–२२ को बजेटमा भारतले नेपाललाई नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) अनुदान छुट्याएको थियो।

नेपाललाई सहयोग रकम घटाउने प्रस्ताव गरेकी अर्थमन्त्री सीतारमणले दक्षिण एशियामा बांग्लादेशलाई दिने सहयोग रकम २ अर्बबाट बढाएर ३ अर्ब पुर्याउने र माल्दिभ्सलाई गर्ने सहयोग पनि २ अर्ब ५० करोडबाट बढाएर ३ अर्ब ६० करोड बनाउने प्रस्ताव गरेकी छन् ।

भारतले छिमेकीहरूमध्ये सबैभन्दा धेरै सहयोग भुटानलाई गर्छ । तर, भुटानलाई पनि यस वर्ष सहयोग रकम घटाइएको छ । गतवर्ष ३० अर्ब पाएको भुटानले यस वर्ष २२ अर्ब ६६ करोड पाउने भएको छ।