• बैशाख १८ २०८२, बिहीबार

जेठ ५ भित्रै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा

माघ १८ २०७८, मंगलवार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठ ५ भित्रै हुने बताएका छन् ।नेपाली काँग्रस बागमती प्रदेशका नवनिर्वाचित पदाधिकारीहरूसँग सोमबार भएको भेटमा उनले वर्तमान संविधान र ऐनमा संशोधन नगरी आगामी जेठको पहिलो साता नै निर्वाचन गर्ने तयारी भइरहेको बताएका हुन् ।

ऐनबमोजिम स्थानीय तहका जनप्रतिनिधिको पदावधि जेठ ५ गते पूरा हुन्छ । प्रधानमन्त्री देउवाले त्योभन्दा अगावै स्थानीय तहको निर्वाचन हुने बताएको कांग्रेस वाग्मती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री देउवाले आजै स्थानीय तहको निर्वाचनको मिति तोक्न निर्वाचन आयोगसँग परामर्श गर्ने कार्यक्रम रहेको बताइएको छ।