काठमाडौँ। कोभिड खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोख्रेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाइ सोमबार अदालतमा रिट निवेदन दायर गरेका हुन्।
सोमबार दर्ता भएको उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ।