काठमाडौँ। सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा बुधबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम मंगलबार गृह मन्त्रालयले एक सूचना जारी गर्दै सोनाम ल्होसारको उपलक्ष्यमा देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिएको हो।
‘बुधबार सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृहमन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ।