काठमाडौँ। स्थानीय तहको चुनावका लागि तत्काल मिति घोषणाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।
अनेरास्ववियुले मंगलबार बिहान ललितपुरको पुल्चोकमा मन्त्री निवास अगाडि प्रदर्शन गरेको हो ।
साथै उनीहरुले चुनावको मिति तत्काल घोषणा गर, चुनाव सार्न पाइँदैनलगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले निवासबाट बाहिरिँदै गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई कालोझण्डा समेत देखाएका थिए ।
सत्ता साझेदार पाँच दलीय गठबन्धनले आउँदो जेठभित्र स्थानीय तहको चुनाव गर्ने सहमति गरेका छन् । तर सरकारले अहिलेसम्म चुनावको मिति भने तय गरेको छैन ।
तस्बिर:नारायण घर्तीको फेसबुकबाट