• बैशाख ५ २०८२, शुक्रबार

त्रिविका स्थगित परीक्षाहरु फागुनमा गर्ने तयारी

माघ १७ २०७८, सोमबार

काठमाडौँ। कोरोना महामारीको तेस्रो लहरका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका विभिन्न संकायका परीक्षाहरु आगामी फागुनमा हुने भएको छ।

सोमबार बसेको त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको बैठकले स्थगित परीक्षा फागुनमा गर्ने निर्णय गरेको हो।

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार केही दिनयता कोभिड संक्रमण घट्दो क्रममा रहेकाले स्थगित परीक्षाबारे निर्णय गर्न आज त्रिवि पदाधिकारीको बैठक बसेको हो। स्थगित गरिएका लिन बाँकी रहेका सम्पूर्ण परीक्षाहरू फागुन महिनामा सञ्चालन गरेर सक्ने गरी तालिका सार्वजनिक गर्ने उनले बताए।

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै त्रिविले ९ माघदेखि परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो।