• मंसिर ९ २०८१, आईतवार

निर्वाचनको मिति घोषणा गर्नुपर्ने माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक

माघ १७ २०७८, सोमबार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भ्रातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्थानीय तहको निर्वाचन मिति तोक्नुपर्ने माग गर्दै सरकारलाई दबाब दिन आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

आन्दोलनअन्तर्गत १७ माघमा देशैभरका जिल्ला कमिटीले जिल्ला प्रशासन कार्यालयमार्फत् तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको छ ।

१७ माघमा देशैभरि अधिकतम २५ जनासम्म जम्मा भएर तत्काल निर्वाचन गर्नको निमित्त क्याम्पस कमिटीको आयोजनामा क्याम्पस गेटमा कालो ब्यानर राख्ने बताइएको छ ।

१८ माघसम्म स्थानीय तहको निर्वाचन घोषणा नगरे सरकारका मन्त्री सहभागी कार्यक्रममा कालोझन्डा देखाउने कार्यक्रम तय गरिएको अध्यक्ष सुनिता बरालले बताइन् ।

यसैगरी, १९ माघमा संघीय राजधानी (काठमाडौं) र प्रदेश राजधानीमा कानुनविद्को उपस्थितिमा सडक बहस गर्ने कार्यक्रम रहेको छ । यो समाचार राजधानी दैनिकमा छ ।