काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रवक्तामा चार जना नेतालाई मनोनीत गरेका छन् ।
प्रवक्तामा झापाका भक्तिप्रसाद सिटौला, गोरखाका मोहन श्रेष्ठ, पाँचथरका सगुनसुन्दर लावती र मोरङका गोपाल दाहाललाई मनोनीत गरेका हुन् ।
यसैगरी, सहायक महामन्त्रीमा जुम्लाका रमानन्द न्यौपाने दोलखाका विजय खड्का, डोटीका प्रेम बलायर, बाँकेका ऋषिराज देवकोटा, रूपन्देहीका ताहिर अलि, नुवाकोटका दीपककुमार राई मनोनीत भएका छन् ।
यस्तै, सहायक प्रवक्तामा दोलखाका प्रविणकुमार थोकर तामाङ, मोरङका दिनेश कुमार साह र कञ्चनपुरका पूर्णबहादुर चन्दलाई मनोनीत गरिएको छ । यो समाचार राजधानी दैनिकमा छ ।