• बैशाख १८ २०८२, बिहीबार

प्रदेश १ को नामकरणबारे सर्वपक्षीय छलफल गर्न कार्यदल गठन

माघ १६ २०७८, आईतवार

विराटनगर । प्रदेश नं. १ ले प्रदेशको नामकरणमा विषयमा सर्वपक्षीय छलफल गर्न कार्यदल गठन गरेको छ ।

आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले सामाजिक विकासमन्त्री जयराम यादवको नेतृत्वमा कार्यदल गठन गरेको हो । कार्यदलले प्रदेशसभा सदस्यहरू, विज्ञ तथा अन्य सरोकारबालाहरूसँग छलफल गरेर नामाकरणका विषयमा सरकारसमक्ष प्रतिवेदन पेश गर्नेछ ।

कार्यदलमा अन्य को को छन् अहिले जानकारी गराइएको छैन ।

कार्यदलले दिने सुझावका आधारमा नामाकरणसम्बन्धी प्रस्ताव प्रदेशसभामा लैजाने पनि प्रदेश सरकारले जनाएको छ ।