• बैशाख १८ २०८२, बिहीबार

शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाइयो

माघ १६ २०७८, आईतवार

बैतडी । शहीद दशरथचन्दको जन्मघरलाई पाहुना घर बनाइएको छ। दशरथचन्द नगरपालिका-५ बस्कोट स्थित शहीद चन्दको जन्मघरलाई पाहुना घर बनाइएको हो।

चन्दको जन्मघरलाई जिर्णोद्वार गरी पाहुनाघर निर्माण गरिएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। चार कोठे घरलाई मर्मत गरिएको छ भने शौचालय पनि निर्माण गरिएको छ। उनले ‘शहीद दशरथचन्दको जिवनीका बारेमा जानकारी लिन चाहनेहरुका लागि बसोबासको समेत व्यवस्था गरिएको बताए।

शहीद दशरथचन्दको जन्मघरलाई उनको जीवनको श्रोतको रुपमा विकसित गर्ने उद्देश्य रहेको स्मृति प्रतिष्ठानले जनाएको छ। शहीद चन्दको नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ।

दशरथ चन्दको जन्म विसं १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माहिला छोराका रूपमा भएको थियो। राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए।

तत्कालीन राणा सरकारले विस १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो।