• मंसिर १३ २०८१, बिहीबार

हराएको २४ लाख डोज खोजी गर्न छानविन समिति गठन

माघ १६ २०७८, आईतवार

काठमाडौं । सरकारले हराएको भनिएको २४ लाख डोज खोजी गर्न छानविन समिति गठन गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ लाख डोज खोप हराएको विषयमा छानविन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो।

समितिले हराएको खोप खोजी गरि दुई हप्ताभित्र प्रतिवेदन बुझाउने मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले जानकारी दिइन्।

कोरोना भाइरस नियन्त्रणका लागि थालिएको खोप अभियानका क्रममा २४ लाख खोप हराएको मन्त्रालयका अधिकारीले जानकारी दिएका थिए।