• बैशाख १८ २०८२, बिहीबार

एमाले अध्यक्ष ओलीविरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी

माघ १६ २०७८, आईतवार

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जिल्ला प्रशासन कार्यलय भक्तपुरमा उजुरी परेको छ। कोरोना संक्रमित भएकै अवस्थामा सरकारले जारी गरेको आइसोलेसन सम्बन्धी नियम तोडेको आरोपमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्न मागसहित अभिजित अधिकारी र वीरेन्द्र मडैले आइतबार उजुरी दिएका हुन्।

संक्रमित हुँदा हुँदै सार्वजनिक स्थानमा ओलीको उपस्थिति र भाषणले समाजमा कोरोना फैल्याउनुका साथै आमजनमानसमा कोरोनाको कहर सामान्य रुघा खोकी मात्रै भएको भ्रम सिर्जना गर्न सक्छ’, उजुरीमा भनिएको छ, ‘यदि आवश्यक कारबाही नभए अरु कोरोना संक्रमितहरुले समेत मापदण्ड पालना नगरी आफूलाई आइसोलेट नगरी समाजमा अझ संक्रमण बढाउन सक्ने देखिन्छ। तसर्थ, विधिको शासन अनुशरण गर्दै संक्रामक रोग ऐन, २०२० को दफा ३ बमोजिम यथाशिघ्र ओलीमाथि कारबाही गरिपाऊँ।’