हाम्रो देश नेपाल कृषि प्रधान देश हो । यसमा दुईमत छैन तर कुनै बेला अरु देशलाई अन्न निर्यात गर्ने देश आज आएर दिन प्रतिदिन कृषि क्षेत्रमा काम गर्नेको संख्या घट्दै गएको छ । घट्दै गएको मात्र होइन हामीले हाम्रो दैनिक उपभोग्य वस्तु र खाने कुराहरु अर्को देशबाट आयत गरेर खानु परिरहेको छ । कठै मेरो देश !
देशमा विभिन्न क्षेत्रमा काम गर्ने नीति र निकाय पनि छन् । कृषि मन्त्रालय पनि छ । त्यस अन्तर्गत पर्ने विभिन्न तह र तप्कामा कृषि विकास निर्देशनालय, कृषि विकास कार्यालय जस्ता धेरै कार्यालयहरु पनि छन् । तर खै त देशको उत्पादन बढाउन सकेको ? सक्न पनि कसरी सक्छन् ? पदलोभी नेता मात्र होइन, यहाँ कर्मचारी पनि हुँदा रहेछन् ।
सबैतिर कर्मचारी नियुक्तिदेखि सरुवा र कारबाही समेत नेताले गर्ने भएपछि कहाँबाट हुनसक्छ प्रगति ? यो क्षेत्रमा काम गर्ने मान्छे नै राजनीतिक नियुक्तिबाट आएको हुन्छ, अनि त नेताले भनेको मान्नु पर्ने भए पछि किसानले पाउने सेवा सुविधा नेताका आफन्तले पो पाउने भए ।
अनि कसरी पाउँछन् देशले दिएको वास्तविक सुविधा वास्तविक किसानले ? कर्मचारीतन्त्र हावी भयो भने नेताले भनेको नमानेपछि मेरो सरुवा हुने हो की बढुवा रोकिने होकी भन्ने डरले पनि कर्मचारीले आफ्नै तरिकाले काम गर्न नसकेको भन्ने यताकदा सुनिने पनि गर्छ ।
एउटा भनाइ छ,
शिक्षक उडे, विद्यार्थी कुंद्छ
शिक्षक कुंदे, विद्यार्थी हिँड्छ ।
सिशाक हिँडे, विद्यार्थी बस्छ
शिक्षक बसे, विद्यार्थी सुत्छ ।
हो, यस्तै हो सम्बन्धित निकायले कृषि क्षेत्रमा राम्रो काम गर्नको लागि अनुरोध र आफू अगाडि लगेर किसानलाई सिकाउने र काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्छ । देशका अधिकांश जिल्लामा रहेका कृषि विकास कार्यालय र कृषि ज्ञानकेन्द्रबाट सामान्यतयाः माटो परीक्षण पनि हुँदैन भने अरु के सुविधा दिन सक्छन् ? के माटो चेक गर्न सिविर नै लाग्नु पर्ने हो ?
वर्षेनी कार्यालय व्यवस्थापन भनेर बजेट वा प्रयोगशाला मर्मत यस्तै धेरै शीर्षकमा बजेट त आउँछ, त्यो कता जान्छ होला ? मेहनतको कदर हुन्थ्यो भने सायद गधा भन्दा इज्जतदार अरु को हुन्थो र ? भने जस्तै किसानको मेहनत इजत वा कदर गर्न सक्नु पर्छ । किन कि किसान भनेको आन्नदाता हो । देशको व्यवस्था फेरियो तर कहिले पनि देशको किसानको अवस्था फेरिएन किन सरकार ?
कृषि सबै भन्दा स्वस्थकारी सबै भन्दा उपयोगी र सबै भन्दा राम्रो रोजगारी हो
आऊ भाई आऊ बहिनी कृषक समूह बनाऔं, निर्वाहमुखी खेति छाडी व्यवसायिकतिर जाऔं
मानव स्वास्थ्यको लागि माटोको स्वास्थ्य जीवित राखौं
दिगो कृषिले माटो वा व्यक्तिलाई समाप्त पार्दैन । सरकार किसानको लागि निम्न सुविधा उपलब्ध गराउनु पर्छ ।
१) सिंचाई र बिजुली निःशुल्क गर
२) कृषि सामानमा भन्सार छुट दे
३) प्राकितिक क्षतिको राहत दे
४) उखु किसानको भुक्तानी दे
५) किसान कार्डको दे
६) किसानको उत्पादनको उचित मूल्य दे
७) किसानलाई पेन्सन दे
८) बाली बीमाको मूल्य दे
भाषणले मात्र कृषिक्रान्ति सफल हुनेछैन । कृषिले नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ ।