• मंसिर ७ २०८१, शुक्रबार

उत्तर कोरियाद्वारा सन् २०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण

माघ १६ २०७८, आईतवार

काठमाडौँ। उत्तर कोरियाले सन् २०१७ पछि पहिलो पटक सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपण गरेको अनुमान गरिएको छ ।

आइतबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ।

यो महिनामा उत्तर कोरियाले प्रहार गरेको यो सातौँ क्षेप्यास्त्र हो । संयुक्त राष्ट्र सङ्घले उत्तर कोरियालाई ब्यालेस्टिक क्षेप्यास्त्र र पारमाणविक अस्त्र परीक्षण गर्न रोक लगाएको छ ।

तर उत्तर कोरियाले यो प्रतिबन्ध उल्लङ्घन गर्दै आएको छ । जापान, दक्षिण कोरिया र अमेरिकाले परमाणु परीक्षणको विरोध गर्दै आएका छन् । -एजेन्सी