काठमाडौं । महानगरिय अपराध महाशाखाको टोलिले डेढ करोड रुपैयाँको नक्कली रेड लेबल ह्विस्किसहित काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वर्ष ३९ का सन्तोष चन्द्र बाखरेल , वर्ष ३० का शैलेस पन्त , वर्ष २८ का रबिन पाख्रीन र वर्ष ४० का नारायण प्रसाद घिमिरे रहेका छन् ।
महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट आयातीत नक्कली एवं राजस्व छलिको ठूलो परिमाणमा मदिरा बरामद गरेको हो। महाशाखाका सुचना अधिकारी कृष्ण पगेनी अनुसार नक्कली रेड लेबल र अस्सुलुट भोड्का बरामद गरिएको हो ।
महाशाखाको टोलिले काठमाडौंको सितापाइलाबाट गएराति २ सय ९० काटुन बरामद गरेको जनाएको छ । प्रहरीको अनुसार यसको मूल्य नेपाली बजारमा करिब डेढ करोड रुपैयाँ हुने बताएको छ ।