काठमाडौं । भक्तपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
शनिबार २:२० बजे सूर्यविनायक नगरपालिका–९ को नलिञ्चोक बाँघघारीमा बा५ख ३०२० नम्बरको बनेपाबाट काठमाडौंतर्फ आउँदै गरेको बसले बा७०प ९१३८ नम्बरको मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा बसमा सवार गंगा बस्नेत रहेकी छन् । दोलखाको गौरीशंकर गाउँपालिका–२ कि उनी नलिञ्चोकमै बस्दै आएकी थिइन् ।
उनलाई बसको ठक्करबाट गम्भीर घाइते भएकी बस्नेतको भक्तपुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीले बसका चालक काभ्रेको बनेपा नगरपालिका–९ का ४१ वर्षीय रविन श्रेष्ठलाई पक्राउ गरेको छ ।