• असार १८ २०८१, सोमबार

मेचीदेखि महाकालीसम्म उल्टो हिँडेर पैदल यात्रा सुरु

माघ १५ २०७८, शनिबार

दाङ । दाङ तुलसीपुर–३ रानागाउँका ऋषि परियारले मेचीदेखि महाकालीसम्म उल्टो हिँडेर पैदल यात्रा सुरु गरेका छन् ।

यसअघि नै हातले टेकेर यसअघि विश्व रेकर्ड (गिनिज बुक) मा नाम लेखाउन सफल भएका परियारले शनिबारदेखि नयाँ उल्टो हिँडेर पैदल यात्रा अभियानको सुरुवात गरेका हुन्।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म उल्टो हिँडेर पैदल यात्राको अभियान सुरु गरेका छन्। उनले पूर्व मेचीको पुलबाट यात्रा सुरु गरेका हुन्। प्रदेश सांसद झलकसिंह दर्लामी, मेची नगरपालिका–६ का वडाध्यक्ष ललित तामाङलगायतले एक कार्यक्रमकाबीच यात्रा शुभारम्भ गरेको छन्।

स्वास्थ्यका लागि मेची– महाकाली उल्टो पैदल यात्रा’ नाराका साथ यो अभियान सुरु गरेको परियारले बताए। आफूले गर्ने गतिविधिहरू नयाँ र रोचक हुने भएकाले यसपटक पैदल यात्रा गर्न लागेको उनको भनाइ छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म झन्डै एक हजार एक सय किलोमिटर दूरी रहेको र आफूले त्यो यात्रा पुरा गर्ने उनको दाबी छ।