• मंसिर १० २०८१, सोमबार

क्लासिक टेकले गर्यो इन्टरनेट अफर सार्वजनिक

माघ १५ २०७८, शनिबार

क्लासिक टेकले इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क दुई महिनाको इन्टरनेट प्याकेज दिने गरी अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत कम्पनीले ४ ग्राहकहरूलाई महिनासम्म बोनस दिन सकिने व्यवस्था ल्याएको छ । जसमा दुई महिना इन्टरनेट र दुई महिना आइपिटिभी बोनस छ । यसरी कम्पनीले रिफर गर्ने ग्राहकलाई प्रोत्साहन गर्न यो सुविधा ल्याएको र नयाँ ग्राहकलाई पनि न्यून मूल्यमा उच्च ब्यान्डविथ इन्टरनेट र ५ गिगाहर्ज राउटरसहित आइपिटिभी दिदैँछ ।

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपालमा सन् २००९ देखि सुरू भएको हो । यसले झन्डै १२ वर्षमा ७४ वटा जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालनमा ल्याएको छ ।

क्लास्सिक टेकको विभिन्न इन्टरनेट प्याकेज १५० एमबिपिएस, २२५ एमबिपिएस, ३२५ एमबिपिएस, ६२५ एमबिपिएस र १००० एमबिपिएससम्म छ । कम्पनीको मुख्य उदेश्य देशका ग्रामीण ठाउँहरुमा समेत इन्टरनेटको पहुँच पुर्याउने साथै न्यून मूल्यमा उच्च गतिको सेवा प्रदान गर्नु हो ।