झापा। झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही वडाका बालकृष्ण दुलालकी छोरी आरोषी दुलाल रहेकी छिन्।
घरमा पार्किङ गरेर राखेको मे१त ७५९ नम्बरको ट्याक्टर बालकृष्णले स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरोषी घाइते भएकी थिइन्।
घाइते उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।