काठमाडौँ । शिव काउछामगर र दिलु सलामी मगरले गाएको लोकदोहोरी गीत ‘जिन्दगानीमा’को भिडियो बजारमा आएको छ । ‘म हुँ राजा तिमी रानी हौ’ भन्दै केटाले र ‘भन्छौ राजा तिमी रानी हौ’ भन्दै केटीद्वारा गाइने सो लोकदोहोरी गीतको शब्द सिर्जना रेशम सापकोटाको रहेको छ । सो गीतमा शिव काउछामगरले संगीत सिर्जना गरेका छन् भने कमल सौरागले संगीतको संयोजन गरेका छन् ।
मोडलद्वय अभिषेक श्रेष्ठ र करिश्मा ढकालले नृत्य गरेको गीतको सो भिडियोका दृश्यहरुलाई प्रकाश खड्गाले क्यामरामा कैद गरेका छन् । विक्रम चौहानले निर्देशन गरेको सो भिडियोलाई मिलन विश्वकर्माले सम्पादन सम्पन्न गरेका छन् । बी स्टार फिल्ल्मसले पोष्ट प्रोडक्शन गरेको सो भिडियो दिलु सलामी मगरको युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।
हेरौं भिडियो ⇓