• बैशाख १८ २०८२, बिहीबार

काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणाली हटाइयो (विज्ञप्तिसहित)

माघ १४ २०७८, शुक्रबार

काठमाडौं । काठमाडौं उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीको बैठकले काठमाडौं उपत्यकाका सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको छ ।

शुक्रबार सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार सार्वजनिक यातायातमा लगाइएको जोर–बिजोर प्रणाली हटाउने निर्णय भएको जुन शुक्रबार राति १२ बजेदेखि लागू हुनेछ।

तर, निजी यातायातको हकमा भने उक्त निर्णय लाू नहुने उनले स्पष्ट पारे ।  यसबाहेक अरू आदेश यसअघिकै यथावत रहनेछन् ।शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को बैठकले पनि सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

उक्त बैठकले विद्यालय, रात्रीकालिन व्यवसाय र फिल्म हल माघ मसान्तसम्म बन्द नै राख्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।