• बैशाख १८ २०८२, बिहीबार

प्रशासनको अनुमति बिना बालबालिकालाई जिल्ला बाहिर लैजान नपाइने

माघ १४ २०७८, शुक्रबार

काठमाडौँ । अब बालबालिकाहरुलाई कुनै कामको लागि कतै लिनुपरेमा लिने व्यक्ति आमा बुवा र घरका अभिभावक बाहेक अरु भएमा स्थानिय तहको सिफारिसमा जिल्ला प्रसासन कार्यालयको स्विकृतिमा मात्र लैजान पाइने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै विभिन्न बहानामा बालबालिकाहरुको शोषण हुँदै आएको उजुरी परेको भन्दै यस्तो बताएको हो ।

बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाउने, पालन पोषण गरिदिने नाममा सामाजिक धार्मिक वा अन्य प्रकारका संघ संस्थाको नाममा बालबालिका लिने र निजहरुलाई विदेश पठाउने, घरेलु कामदारको रुपमा प्रयोग गर्ने, यौन शोषण गर्ने लगायतका गैह्रकानुनी क्रियाकलापमा सहभागी गराएको गुनासा तथा उजुरीहरु आएकोले बालबालिकाका बाबु आमा तथा अभिभावक वाहेकक अन्य व्यक्ति वा संस्था मार्फत् बालबालिकालाई नेपालभित्र वा एक स्थानबाट अर्को स्थान लैजानु परेमा सम्बन्धित स्थानिय तहको सिफारिसमा जिल्ला प्रसासन कार्यालयको स्विकृतिमा मात्रै लैजान पाउने भनेर गृहले बताएको हो ।

त्यस्तै नेपालबाट कुनै बालबालिकालाई विदेश लैजानु परेमा शैक्षिक प्रयोजनका लागि भएमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको एनओसी पत्र, एनओसी पत्र जारी नहुनेको हकमा सम्बन्धित स्थानीय प्रसासनको स्विकृति, अन्य प्रयोजनका लागि भए महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र सम्बन्धित देशको सरकारी निकाएले प्रदान गरेको अनुमति वा स्विकृति पत्र भएमा मात्रै लैजान पाउने व्यवस्था गरिएको बताएको छ ।

यस्तो छ गृहको विज्ञप्ति ⇓