१) हत्या, हिंसा, बलात्कार त विकारालरुपमा बढ्दै गए
कानून नै फितलो भएर अपराधीहरु भन जेगिंदै गए ।
नीति र नियम बनाउनेहरुनै उदांगो नाचमा रमाउँछन्
हिंसाको निहुँमा योजना बनाउनेहरु मदिरा समाउँछन् ।
सामन्तवादी यो देशमा गरिबकै लागि ऐनकानून बन्छ
न्याय मूर्तिहरूले नै फसाउनको लागि खाडल खन्छन् ।
अपराधीको मनोबल उच्च बनाउन ऐन संशोधन भाछ
सोझा साझा गरिव जनताहरूलाई पनि यो कुरा थाहा छ ।
२) छोरा जन्मिए कुलको इज्जत र घरको धुरी हुने
कोखबाट छोरी जन्मिए सधैँ रुने गरिन्छ ।
छोराछोरी बराबरी कोखका सन्तान भन्ने मात्र एउटै कोखकी सन्तान छोरीलाई फरक गरिन्छ ।
एउटै रथका दुई पांग्रा भन्ने त भनाई मात्र हो एउटा पांग्राबाट अर्कोलाई अवहेलना गरिन्छ ।
सँगसँगै जिउने मर्ने कसम खाई प्रेम गर्नेहरूले पछि उसैबाट किन आत्महत्या गर्न बाध्य पारिन्छ ।
सुरक्षित छैनन् हाम्रा छोरीहरु कहिँ कतै आजभोलि
घरगाँउ शहर जताततै बलात्कारपछि हत्या गरिन्छ ।
अभियानका नारा फेरिए पनि हिंसा गर्ने पारा फेरिएन
नारा लगाएर हिंड्ने पुरूषहरुबाट महिला हिंसा गरिन्छ ।
निर्मला पन्त जस्ता कयौं छोरीलाई न्यायबाट मार्दै
अपाराधीलाई जोगाई खुलमखुल्ला मुर्खताको बहस गरिन्छ ।
कतिसम्म अन्धभक्त भैरहने हो हामी महिलाहरु पनि
बलात्कारीलाई जोगाउने मुर्खबाट न्यायको आश गरिन्छ ।
–मिश्रा बस्नेत