काठमाडौँ। शनिबार सत्ता गठबन्धनको बैठक बस्ने भएको छ। शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीचको छलफलले शनिबार गठबन्धन बैठक तय गरेको हो।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल हुनुका साथै राष्ट्रियसभा सदस्यको निर्वाचनको समीक्षा भएको थियो।
शनिबारको बैठकमा निर्वाचनको विषयमा ठोस छलफल हुने बताइएको छ।