• बैशाख १८ २०८२, बिहीबार

प्रयाङ्क सम्बन्धि गृहले जारी गरेको विज्ञप्तिप्रति महासंघको ध्यानाकर्षण

माघ १४ २०७८, शुक्रबार

काठमाडौँ । बिहीबार गृह मन्त्रालयद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको भाषाप्रति आफ्नो ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघले बताएको छ । मजाक, ख्याल ठट्टा वा मस्करी (प्रयाङ्क)को नाममा सर्वसाधारण व्यक्तिहरुलाई शारिरीक र मानसिक रुपमा सास्ती दिने काम र क्रियाकलापहरु सामाजिक संजालहरुमा भएको भनेर गुनासो आएको भन्दै त्यस्तो कामप्रति मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको बताएको थियो ।

सार्वजनिक गरेको विज्ञप्तिमा मन्त्रालयले सार्वजनिक स्थलहरुमा गरिएको भद्दा प्रकृतिका ख्यालठट्टाबाट सिकार भएका व्यक्तिमा देखिनसक्ने मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व, सामाजिक सदभाव र शान्ति सुव्यवस्थामा पर्न सक्ने नकारात्मक प्रभाव एवं व्यक्तिगत गोपनियता, प्रतिष्ठामा पर्नसक्ने असर समेतलाई दृष्टिगत गरि व्यक्तिको अनुमति बिना कुनैपनि प्रकारको तस्विर लिन र सामाजिक संजालमा प्रकाषण गर्न, व्यक्तिलाई जानकारी नै नदिई कुनैपनि प्रकारको भिडियो बनाइ सामाजिक संजालाहरुमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जो सुकैलाई प्रचलित कानुन बमोजिम कारवाही हुने भनेर बताएको थियो ।

गृहमन्त्रालयको सो विज्ञप्तिमा उल्लेखित ‘व्यक्तिगत गोपनियता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्ने वाक्यांश प्रेस स्वतन्त्रता विरुद्ध प्रयोग हुनसक्ने तर्फ महासंघ सरकारको ध्यानाकर्षण गराउन चाहन्छ भनेर पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । महासंघका तर्फबाट महासचिव रोसन पुरीले आज एक प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सो विषयमा महासंघको ध्यानाकर्षण भएको बताएका हुन् । पुरीद्वारा जारि गरिएको प्रेस विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतता र नागरिकको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकाएसँग माग गरिएको छ ।