• बैशाख १८ २०८२, बिहीबार

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

माघ १४ २०७८, शुक्रबार

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

भेटमा भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनबारे समीक्षा भएको बताइएको छ । स्थानीय तहको निर्वाचन र एमसिसीका विषयमा पनि नेताहरूबीच छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएकाे छ ।