काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आजको बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन र स्थानीय चुनावबारे छलफल गर्नेलगायतका एजेण्डा रहेको बताइएको छ।