काठमाडौं । लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यबाट सामुदायिकस्तरमा स्थापित सुलक्षण कीर्ति क्याम्पसमा यही हिउँदे शत्रबाट बौद्ध अध्ययन तथा दिगो विकास विषयमा २ बर्षे स्नातकोत्तर कार्यक्रम सुलक्षण कीर्ति विहार कीर्तिपुर चोभार गेटमा सञ्चालन हुने भएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय, डीनको कार्यालयले बमोजिम कोभिड महामारीले पारेको प्रभावले गर्दा यस बर्षको नयाँ भर्ना कार्यक्रम प्रभावित भएकाले नयाँ भर्ना कार्यक्रमको अवधी थप गरिएको छ । सोही अनुसार यस सुलक्षण कीर्ति क्याम्पसबाट स्नातकोत्तर तहको बौद्ध अध्ययन तथा दिगो विकास कार्यक्रमको लागि पहिलो पटक प्रकाशित मिति २०७८।०९।२३ गतेको भर्ना आह्वान सम्बन्धी सूचनामा यही २०७८ माघ १५ गतेसम्म रहेको भर्ना आवेदन अवधि माघ २८ सम्म थप गरिएको छ ।
लुम्बिनी बौद्ध विश्वविद्यालय र सुलक्षण कीर्ति विहारबीचको शैक्षिक सहकार्यमा विश्वविद्यालयको बौद्ध अध्ययन संकाय अन्तर्गत सेमेस्टर प्रणाली अनुसारको नेपालमै पहिलो पटक स्नातकोत्तर तहको सामाजिक शास्त्र विषयको बौद्ध अध्ययन तथा दिगो विकास कार्यक्रमका लागि विद्यार्थी भर्ना गर्न क्याम्पस प्रशासनले अनुरोध गरेका छन् ।
चष्मजष्कजष्मष् ष्ललभच लभधक – कत्रगबचभथबmबजब( ष्लकष्मभ लभधक कत्रगबचझबचगतष् कष्mभलत( ष्लकष्मभ या लभधक( कत्रगबचभ
कीर्तिपुर नगरपालिका, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिको संयुक्त सहयोग रहेको यस क्याम्पसमा कुनै पनि विषयमा स्नातक तह उतिर्ण विद्यार्थी भएका विद्यार्थीहरूले क्याम्पसको मुख्य कार्यालयमा सम्पर्क राखी आवेदन दिन सकिने छ ।
अहिलेको वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेशमा विश्वविद्यालयस्तरको उच्च शिक्षा अध्ययन(अनुसन्धानमा बढी माग भै आएको र विश्वको एक मात्र साझा एजेन्डा(दिगो विकासको लक्ष्यमा पुग्न सहयोग हुने ज्ञान र बिज्ञानको संयोग भएको यो विषय योग्य र अनुभवी प्राध्यापकहरुबाट अध्यापन गराइने नयाँ बिषयमा स्नातकोत्तर तहमा अध्ययन गर्न सकिने छ ।
सुलक्षण कीर्ति क्याम्पस सहायक क्याम्पस प्रमुख दामोदर त्रिपाठीले पुर्न तथा आशिंक छात्रवृतिको व्यवस्था भएको जनाए । यस विषयको अध्ययन पश्चात विभिन्न सरकारी तथा गैरसकारी संस्थाहरूमा विकास विज्ञ एवम् नीति निर्माताका रूपमा अवसर प्राप्त हुने भएकाले यर्थाशिघ्र आवेदन दिन अनुरोध गरेका छन् । साँझ चार बजेदेखि सात बजेसम्म कक्षा सञ्चालन हुने भएको छ । थप जानकारीका लागि क्याम्पसको केन्द्रीय कार्यालय फोन नं। स् ०१(५९०१६८७ सम्पर्कका साथै सुलक्षण कीर्ति क्याम्पस वेभसाइटमा गएर फारम भर्न सकिने छ ।
समेस्टर प्रणालीमा सञ्चालन हुने यस २ बर्षे स्नातकोत्तर कार्यक्रम नेपाल र दक्षिण एसियामै पहिलो पटक सामाजिक अध्ययन अन्तर्गत सञ्चालन गर्न गइरहेको छ । ६० क्रेडिट आवर पढाई हुने यस विषयमा बौद्ध अध्ययन र दिगो विकाससँग सम्बन्धित नविनत्म अवधारणा र सैद्धान्तिक मान्यताका सम्बन्धमा विद्यार्थीहरुले ज्ञान हासिल गर्न सक्नेछन् । ४०५ सैद्धान्तिक र ब्यवहारिक बौद्ध अध्ययन एवं ६०५ दिगो विकास विषयको कक्षा भार रहेको यो यस कार्यक्रमको चौथो समेस्टरमा अनुसन्धान एवं थेसिस विषय समेत संलग्न गरिएको छ । यस विषयको अध्ययन पश्चात विद्यार्थीहरुले आत्मिक शान्ति र सहअस्तित्व, मानविय विकास एवं पर्यावरणीय सन्तुलन जस्ता पक्षहरुमा गहन ज्ञान हासिल गर्नुका साथै ध्यान तथा प्रतक्ष जीवन अनुभवहरुको आदान प्रदानको माध्ययमबाट पनि आफ्नो सिकाईको प्रक्रियालाई प्रभावकारी बनाउनेछन् ।
देश विदेशका विशिष्ट विश्वविद्यालयहरुमा अध्ययन अध्यापन गरेका विज्ञ प्रशिक्षक तथा प्रध्यापकहरुबाट पढाई हुने यस विषयको अध्ययन पश्चात विद्यार्थीहरुले स्वदेश तथा विदेशका सरकारी, गैरसरकारी एवं संयुक्त राष्ट्रसंघ लगाएत अन्य विभिन्न अन्तराष्ट्रि निकाय र क्षेत्रहरुमा समेत आफ्नो ज्ञान र सिपलाई प्रयोग गर्ने अवसर प्राप्त गर्नसक्ने छन् ।