• मंसिर २० २०८१, बिहीबार

चुड्किलै चुड्किला

माघ १३ २०७८, बिहीबार

१) माग्ने: (बाटोमा हिंड्दै गरेको मानिससँग दाई १ रूपैयाँ दिनुस् न ।
मानिस : म सित १ सुका पनि छैन ।
माग्ने : आउनुहोस् त्यसो भए सँगै बसेर मागौं ।

२) श्रीमान: हेर न सानु मलाई छोराले गधा बन्छु भनेर हैरान पारी सक्यो भन्या ।
श्रीमति : के भो त नि हजुर ? एक छिन काँधमा बोकि दिनुस् न त ।

३) प्रेमीः प्रिय तिमी कति वर्षको भयौ ?

प्रेमीकाः (लजाउँदै) सोह्र वर्ष ।

प्रेमी : पाँच वर्ष अघि पनि तिमीले आफ्नो उमेर यही बताएकी थियौ ।
प्रेमीका : (गम्भिर हुँदै) म एकचोटी भनेको कुरा कहिल्यै काट्दिन नि त !

४) चलचित्र निर्देशकः (हिरोइनलाई सम्झाउँदै) तिमीलाई नदीमा झर्नबाट हिरोले बचाउँछ र आफ्ने काँधमा राखेर नदिको नजिकै रहेको आफ्नो घरमा लिएर जान्छ ।

हिरोइनः (गम्भिर हुँदै) त्यसपछि मलाई कसले बचाउँछ त ?

५) एक जना मानिसले परिवार नियोजन गरायो । तर एक वर्षपछि उसको घरमा छोरा जन्मियो । त्य अप्रेरसन गर्दा पनि बच्चा कसरी जन्मियो भनि दिक्क मान्दै डाक्टरकोमा गएर सोध्यो,
डाक्टरः तपाईंले मेरो अप्रेसन गर्नु भएको थियो तर पनि मेरो घरमा छोरो जन्मियो, यस्तो कसरी भयो ?
डाक्टरः मैले अप्रेसन तपाईंको पो गरेको हो थिएँ, सारा गाउँलेको हो र ।

६) विद्यार्थी मिस तपाईं पहिलो जन्ममा कुखुरी हुनुहुन्थ्यो होला हैन त ?
मिसः जहिले पनि मेरो होमवर्क कापीमा अण्डै अण्डा दिनु हुन्छ त्यसैले ।

७) शिक्षकः चोरीको फल एकदम नमिठो हुन्छ, त्यसैले कहिले पन चोरी नगर्नु ।

विद्यार्थीः (एउटा विद्यार्थी उठेर भन्यो) तर सर हिजो मैले एउटा स्याउ चोरेर खाएको थिएँ, ए एकदम मिठो थियो त ।