• बैशाख १७ २०८२, बुधबार

उखुबारीभित्र गाडिएको अवस्थामा दुई शव फेला

माघ १३ २०७८, बिहीबार

विराटनगर। मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरस्थित उखुबारीभित्र गाडिएको अवस्थामा दुई जनाको शव फेला परेको छ । २० देखि २५ मिटरको दुरीमा दुई वटा खाल्डोमा गाडिएको अवस्थामा दुई जनाको शव भेटिएकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शवको प्रकृति हेर्दा हत्या गरी गाडेको हुन सक्ने प्रहरीले बताएको छ । शवको पहिचान हुन बाँकी छ ।