काठमाडौँ। राष्ट्रिय सभाको बैठक माघ १७ गते बस्ने भएको छ। बैठक माघ १७ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ।
यसअघि माघ २ गते बैठकको मितिका लागि सूचना सार्वजनिक गर्ने बताइएको थियो।