• बैशाख १७ २०८२, बुधबार

गठबन्धनको अन्तिम ‘उत्सव’ सकियो, अब हुने निर्वाचन ‘रियल’ हो : उपमहासचिव रिमाल

माघ १३ २०७८, बिहीबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रिय सभामा गठबन्धनको जितलाई अन्तिम उत्सवको टिप्पणी गरेका छन् । रिमालले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्ना भनाइ राख्दै अब हुने निर्वाचन ‘रियल’ हुने उल्लेख गरेका हुन्।

‘राष्ट्रियसभाको हिजो सम्पन्न निर्वाचनबाट अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो।’उनले भनेका छन्, ‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ।’

निर्वाचन हुँदा एक्लो एमाले सिङ्गो गठबन्धनमाथि भारी हुने भएकैले चुनावबाट भाग्ने बहानावाजी गरिरहेको उनको आरोप छ। ‘संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संविधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनले भनेका छन्।

बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमालेले एक सिट जित्दा बाँकी सत्ता गठबन्धनले हात परेको थियो।