• बैशाख १७ २०८२, बुधबार

काठमाडौँको शंखरापुरमा घरभित्र मृत भेटिए दम्पती

माघ १३ २०७८, बिहीबार

काठमाडौँ। काठमाडौँको शंखरापुरमा आफ्नै घरभित्र दुई जना मृत फेला परेका छन्।

शंखरापुर नगरपालिका–३, बोझेनीमा बुधबार राति सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षिया फुलमाया थिङ बिहीबार बिहान मृतावस्थामा भेटिएका हुन्।

साँखु प्रहरीका अनुसार आफ्नै घरमा आगो बालेर सुतेका उनीहरूको निसासिएर मृत्यु भएको अनुमान गरिएको छ।

बिहान उनका छोराले प्रहरीलाई खबर गरेपछि अहिले प्रहरी टाेली घटनास्थल पुग्दै छ। घटनाको थप विवरण आउन बाँकी छ।