• मंसिर १२ २०८१, बुधबार

आहा रारा गोल्डकप: मच्छिन्द्रलाई पराजित गर्दै एपिएफ फाइनलमा प्रवेश

माघ १२ २०७८, बुधबार

काठमाडौं । पोखरा रङ्गशालामा जारी आहा रारा गोल्डकपमा प्रतिस्पर्धी मच्छिन्द्र फुटबल क्लबलाई ३-१ ले पराजित गर्दै एपिएफ फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।

२०औँ संस्करणको सो प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा शहीद स्मारक ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै विभागीय टोली एपिएफ फाइनलमा पुगेको हो ।

पहिलो हाफको खेलमा दुवै टोलीबाट समान एक/एक गोल भएकामा दोस्रो हाफमा एपिएफले दुई गोल गर्न सफल भयो। दोस्रो हाफको २० मिनेट मच्छिन्द्र १० खेलाडीमा सीमित भएर खेलेको थियो। पहिलो हाफको २५औँ मिनेटमा एपिएफका सनिश श्रेष्ठले मणि लामाको फ्रिकिकमा हेडमार्फत गोल गर्दै टोलीको अग्रता बनाए।

मच्छिन्द्रले पनि खेलको ४०औँ मिनेटमा ओमोलाजा करिमको हेडिङ गोलमार्फत खेल बराबरी गर्न सफल भयो। कप्तान रञ्जित धिमालको फ्रिकिकमा डिफेण्डर करिमले गोल गरेका थियो।एपिएफले खेलको ६८औँ मिनेटमा खेलको ‘म्यान अफ दी म्याच’ घोषित प्रदीप लामाको गोलबाट खेलमा पुनःअग्रता बनायो।

खेलको ७०औँ मिनेटमा मच्छिन्द्रका गोलकर्ता ओमोलाजा दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाँदै मैदान बाहिरिएपछि मच्छिन्द्र १० खेलाडीमा सीमित भएको भएको थियो।खेलको पाँच मिनेटका इन्ज्युरी समयको अन्तिम मिनेटमा एपिएफका कप्तान नवीन लामाले गोल गर्दै शहीद स्मारक ए डिभिजन लिगको लिग लिडर मच्छिन्द्रसँगको गोल अन्तर फराकिलो बनाए।