• बैशाख १७ २०८२, बुधबार

प्रतिनिधिसभा सदस्यमा हारेकी कैलालीकी गरिमा शाह राष्ट्रियसभा सदस्यमा विजयी

माघ १२ २०७८, बुधबार

काठमाडौं । राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिमबाट कैलालीकी गरिमा शाह विजयी भएकी छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट रेशम चौधरीसँग पराजित भएकी शाह बुधवार भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट शाह विजयी भएकी हुन् ।

शाह नेकपा एकीकृत समाजवादी (एस) की केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन्।

उनी सत्ता गठबन्धनबाट महिला तर्फकी उम्मेदवार थिइन्।शाह प्रदेश सभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन्।