• बैशाख १७ २०८२, बुधबार

प्रदेश-१ बाट एकीकृत समाजवादीकी जयन्ती राई निर्वाचित

माघ १२ २०७८, बुधबार

काठमाडौँ। प्रदेश १ को राष्ट्रिय सभा निर्वाचनमा जयन्ती राई ४३६२ मतसहित विजयी भएकी छिन्। नेकपा (एकीकृत समाजवादी)बाट उम्मेदवार बनेकी राईले निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीलाई ३३० ले पराजित गरेकी हुन्।

गठबन्धनबाट महिलातर्फ उम्मेदवार रहेकी राईले एमालेकी उम्मेदवार सुमित्रा भण्डारीलाई पराजित गरेकी हुन्।

राईले प्रदेशसभाका सांसदहरुको ५२ जनाको २४९६ मत पाएकी थिइन् भने स्थानीय तहका प्रतिनिधिहरुको १२२ जनाको २१९६ मतभार पाएकी हुन्। यसरि हेर्दा राईको पक्षमा ४६९२ मत झरेको हो।

राईकी निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले प्रदेशसभाको ३८ जनाको अर्थात १८२४ मत र स्थानीय तहका प्रतिनिधिहरुको १४१ जनाको २५३८ मतभार पाएकी थिइन्। जसलाई कुल गर्दा भण्डारीको पक्षमा ४३६२ मत झरेको हो।