• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप ८,४५४ जनामा कोरोना पुष्टि, ५ को मृत्यु

माघ १२ २०७८, बुधबार

काठमाडौँ। देशभर थप  ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ५४९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार ८१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८८३ जनामा गरी जम्मा ८,४५४जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु भएको छ, भने ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् ।