• फाल्गुन ३० २०८२, शनिबार

राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा एकीकृत समाजवादीकी शाह विजयी

माघ १२ २०७८, बुधबार

काठमाडौँ। सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यमा सत्तारुढ पाँच दलीय गठबन्धनकी गरिमा शाह विजयी भएकी छन् ।

महिलातर्फ उम्मेदवारी दिएकी नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्जसमेत रहेकी शाहीले प्रदेशसभातर्फ १८७२ मतभार र स्थानीय तहतर्फ १९६२ मतभार पाएर निर्वाचित भएकी हुन् ।

शाहीले नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी सन्तोषकुमारी थापालाई पराजित गर्दै राष्ट्रिय सभा सदस्य चुनिएकी हुन् । थापाले प्रदेशतर्फ ५७६ र स्थानीय तहतर्फ ११५२ मतभार प्राप्त गरेकी छन् ।