काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनले सबै सिटमा जित हाँसिल गर्ने दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताए।
‘आज राष्ट्रिय सभा चुनाव भइरहेको छ। गठबन्धनबाट उम्मेदवार छन्। हाम्रो पार्टीकै ५ जना उम्मेदवार हुनुहुन्छ,’ उनले भने, ‘हामीलाई आशा छ- सबै पदमा गठबन्धनले जित्छ र त्यसले तरंग पैदा गर्छ।’
उनले स्थानीय तहलगायत चुनाव अब कहिले गर्ने भन्ने अहिले बहसको विषय भएको भन्दै संविधानअनुसार चुनाव हुनुपर्नेमा पार्टीको धारणा रहेको बताए।