• बैशाख १७ २०८२, बुधबार

जनमत पार्टीका कार्यकर्ताद्वारा मेयर सवार गाडीमा तोडफोड

माघ १२ २०७८, बुधबार

जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता-कार्यकर्ताहरूले सरकारी गाडीमा तोडफोड गरेका छन्।

सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार सरकारी गाडीमाथि उनीहरुले जनकपुरमा तोडफोड गरेका हुन्।

गाडीमा मेयर गणेश प्रसाईं र उपमेयर रेणुका पौडेल सवार थिए।

जनमतका कार्यकर्ताको प्रदर्शनले राष्ट्रियसभा मतदान स्थल महेन्द्रनारायण निधि प्रतिष्ठान वरपरको अवस्था तनावग्रस्त बनेको छ।