जनकपुरधाम। मधेश प्रदेशको राष्ट्रियसभा निर्वाचनको मतदान स्थल अगाडि जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ।
निर्वाचन हुनुपूर्व जनमत पार्टीका नेता कार्यकर्ता लाठीभाटासहित प्रवेश गर्न खोजेपछि झडप भएको हो।
सो क्रममा प्रहरीले केही सेल अश्रुग्यास पनि प्रहार गरेको छ। प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ।
‘पहिला किसानलाई मल देउ, त्यसपछि मतदान गर ’ भन्दै जनमतका नेता कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन्।